प्रिय तिमी
प्रेमालापको प्रबल हूरीले
खटखटाईरहेको
आँखाको जस्केलाबाट
भित्र पस्ने कोशिश गर्यौ
तर
तिमी पस्नु अगावै
रणमैदानमा जस्तो
रगतका राता राता नदीहरु
ओहोरदोहोर हुने
मुटुको आलिशान दरबारमा
तिमीलाई सुटुक्क
भित्र्याईसकेको थिएँ
१४ फेब्रुअरी २०२४, पराईभूमी ।